सोम, साउन ४, २०८३
Mon, July 20, 2026

अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन बिहादी गाउँपालिकाको आग्रह

साउन ४, २०८३

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले सोमबार सूचना जारी गर्दै नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान आयोगको सूचनाअनुसार यसअघि विभिन्न कारणले निवेदन फाराम भर्न छुटेका व्यक्तिहरूलाई अन्तिम अवसरस्वरूप निवेदन दिन आह्वान गरेको हो ।
सूचनाअनुसार आयोगले साउन ४ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित ३५ दिने सार्वजनिक सूचनाका आधारमा देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निवेदन दिन आह्वान गरेको छ । बिहादी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका यसअघि फाराम भर्न छुटेका पात्र व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा गई निवेदन फाराम भर्न अनुरोध गरेको छ ।
गाउँपालिकाले समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive