पर्वत : महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, नेपाल पर्वत शाखाको दोश्रो बार्षिक साधारण सभा एवं दोश्रो अधिवेशन मंगलबार राममन्दिर कुश्मामा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाले सचिव जगन्नाथ शर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष पुजा कार्की शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतीले पारित गरेको छ ।
अधिवेशनले साधक राम प्रसाद पराजुलीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा गठन गरेको छ । शाखाको नवनिर्वाचित अन्य पदाधिकारीमा उपाध्यक्षमा अधिवक्ता विश्वराज पाण्डे, सचिवमा जगन्नाथ शर्मा, सहसचिवमा उत्तम प्रसाद अधिकारी र कोषाध्यक्षमा पुर्जा कार्की शर्मा रहेक छन् । यस्तै, नविनिर्वाचित कार्यसमितिको सदस्यमा वसन्त वास्तोला, योगराज गिरी, चुडामणी शर्मा, पुरुषोत्तम आचार्य, खिममाया पाईजा गिरी, कृष्ण कँडेल, शोभा रिमाल र शोभा राना रहेका छन् ।
अधिवेशनको वन्दसत्रवाट साधक विश्व प्रकाश प्रसाई “रेशम रामदाश” को संयोजकत्वमा ५ सदस्यीय सल्लाकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा नवराज गुरुङ्ग, पान वहादुर हमाल सन्तोष, गुण वहादुर सुनार र मोहन आचार्य रहेका छन् ।
साधारण सभा तथा अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै विश्व हिन्दु महासंघ, नेपालका सल्लाहकार लोकनाथ आचार्यले भगवान रामको नाम संकृतन भए सवै देवदेवता खुशी हुने वताउदै जगतगुरु महायोगी सिद्धबाबावाट दिक्षित हुन पाउनु अहो सौभाग्य रहेको वताए ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट वोल्दै महासंघका केन्द्रीय महासचिव रामचन्द्र तिवारीले संविधानवाट सनातन हिन्दु राष्ट्र हटाए पनि नेपालको मनवाट नहटेको भन्दै सवै सनातनीहरु एकवद्ध भए अगाडी वढनुपर्नेमा जोड दिए । साधक नवराज गुरुङ्गले गुरु कृपावाट मात्र भगवत कृपा प्राप्त हुनेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य गुप्तप्रताप सेन, साधन तथा शैक्षिक व्यक्तित्व गुण वहादुर सुनार, मोदीवेनी दिव्य धामका उपाध्यक्ष खुमराज पराजुली, आन्जानीय युथ क्लवका केन्द्रिय उपाध्यक्ष शुष्मा प्रसाई लगायतले वैदिक सनातनको महत्व र हाम्रो भुमिकाको वारेमा मन्तव्य दिए ।
शाखा अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षता, उपाध्यक्ष पान वहादुर हमाल सन्तोषको स्वागत एवं सचिव जगन्नाथ शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार संयोजक विश्व प्रकाश प्रसाई “रेशम रामदाश” ले वैदिक सनातन रक्षामा सदगुरुदेव जगत गुरु महायोगी सिद्धबाबाको भुमिको वारेमा स्पष्ट परेका थिए ।
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान नेपाल पर्वत शाखाको दोश्रो अधिवेशन सम्पन्न
अशोज ६, २०८३




