साउन २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा शनिवार अपरान्ह सार्वजनिक गरेको छ ।
शनिवार बसेको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । देशभरका विद्यालयले पठाएको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा
सार्वजनिक गरेको हो ।
विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा सार्वजनिक गरेको हो । विद्यालयले पठाएको मूल्यांकनलाई नै बोर्डले प्रमाणीकरण गरेकोले यो वर्ष जीपीए छुट्याएको छैन ।
परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फत प्राप्त गर्न सकिने बताएको छ ।