मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

दोस्रोपटक स्थगित भयो कक्षा १२ को परीक्षा

साउन २३, २०७८

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै विद्यार्थीहरुमा अब कहिले परीक्षा होला भन्ने अन्योल सुरु भएको छ। कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु हुने क्रममा रहेकाले संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब भइरहेको थियो।

शिक्षा मन्त्रालयले शनिबार दिउँसो परीक्षा हुनुभन्दा १५ दिन अगाडि सूचना सार्वजनिक गर्ने भन्दै साउन ३१ गतेका लागि निर्धारित परीक्षा स्थगित गरेको हो।

गत वर्ष बोर्डले कक्षा १२ को वार्षिक परीक्षा ४० पूर्णाङ्क लिखित, थप ४० पूर्णाङ्क कक्षा ११ को वार्षिक परीक्षा र २० प्रतिशत पूर्णाङ्क कक्षा १२ को आन्तरिक मूल्यांकनबाट अन्तिम परीक्षाको प्राप्तांक निर्धारित गरेको थियो। मंसिर ९ गतेदेखि भएको परीक्षामा कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिने व्यवस्था मिलाइएको थियो।

यसपटक पनि कोरोना महामारीका कारण बोर्डले तोकेको समयमै परीक्षा गराउन सकेन। बोर्डले यसअघि जेठ २६ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो। तर उक्त समयमा कोरोना महामारीले तीव्र गति लिएपछि बोर्डले परीक्षा स्थगित गरेको थियो। त्यसपछि साउन ३१ गतेदेखि हुने गरी परीक्षाको नयाँ मिति सार्वजनिक गरेको थियो।

बोर्डले यस वर्ष दोस्रो पल्ट कक्षा १२ को परीक्षा स्थगित गरेको हो।

एसईई परीक्षाको नतिजा लगातार दुई वर्षदेखि आन्तरिक मूल्यांकनबाट भएसँगै कक्षा १२ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्न दबाब परेको छ।

शिक्षा मन्त्रालयका अधिकारीहरुले १५ दिनको समय राखेर परीक्षाको नयाँ मिति सार्वजनिक गरिने जानकारी दिएका छन्। यद्यपि कोरोना महामारी तीव्र हुँदै गएकाले निकट भविष्यमै भौतिक परीक्षा तोक्न हम्मे पर्ने अधिकारीहरुले बताएका छन्।

परीक्षाको नयाँ मिति तोक्ने वा आन्तरिक मूल्यांकनकै आधारमा अन्तिम नतिजा प्रकाशन गर्नेबारे अहिल्यै यसै भन्न सकिने अवस्था नरहेको शिक्षाका अधिकारीहरुले जानकारी दिएका छन्।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive