काठमाडौं– गायनमा आधारित लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि अमेरिकाबाट आएका प्रतिस्पर्धि किरण गजमेरले जितेका छन् ।
दर्शकबाट सबैभन्दा बढी भोट पाएपछि गजमेरलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता घोषणा गरिएको हो । प्रतियोगितामा उनी टिम प्रमोदका सदस्य थिए । किरणले उपाधि जितेसंगै आर्यन तामाङ, ज्वाला राई र तारा श्रीस मगर निराश बन्न पुगे । उपाधिका लागि शनिबार राति ग्राण्ड फिनाले आयोजना गरिएको थियो । उपाधि विजतेसंगै गजमेरले गोल्डेन ट्रफीसहित २५ लाख रुपैयाँको चेक प्राप्त गरेका छन् ।
भ्वाइस अफ नेपालका लागि अमेरिकाबाट नेपाल आएका गजमेर भुटानी शरणार्थीको रुपमा अमेरिका पुगेका हुन् ।