बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

कोरोना संक्रमित पर्वतका एक पुरुषलाई हेलिकोप्टरबाट काठमाण्डौँ रिफर

साउन २५, २०७८

साउन २५, २०७७
पर्वत : कोरोना सङ्क्रमण भएपछि पर्वत अस्पतालमा उपचाररत एक जना पुरुषलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।
जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरी घर भएका ४९ वर्षिय ती पुरुषमा अक्सिजनको मात्रा निकै घटेको, निमोनियाका कारण फोक्सोको गम्भीर अवस्थामा पुगेको र रगतमा सुगरको मात्रा उच्च देखिएकाले आइसियुमा राखेर विशेषज्ञ टोलीले उपचार गर्नुपर्ने भएपछि काठमाडौँ लगिएको हो ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार उनी गत साउन २२ गते कोरोनाको उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । उपचार चलिरहँदा अस्पतालको स्रोतले धानेसम्म अक्सिजन दिँदासमेत अक्सिजनको मात्रा पूर्ति नभएकाले परिवारसँगको सहकार्यमा थप उपचारको लागि काठमाडौँ पठाइएको हो। सामान्यतः स्वस्थ व्यक्तिमा अक्सिजनको लेभल ९५ हुने भए पनि ती पुरुषमा अक्सिजन लगाएको बेलामा समेत ९० भन्दा माथि नपुगेको र नलगाएको बेलामा ६० सम्म झरेकाले उपचार गर्न विशेष नै चाहिएको हो ।
‘उहाँमा सुगरको मात्रा पनि उच्च देखियो। कोभिड बिरुद्धको औषधिहरू चलाउने हो भने सुगरको मात्रा झनै बढ्छ। निमोनियाले फोक्सोमा गम्भीर असर परेको अवस्था छ’ डा. पौडेलले भने, ‘हाम्रो अस्पतालमा १५ लिटरसम्म अक्सिजन दिन सकिन्छ, यहाँको उत्पादन नै यही हो । जति नै अक्सिजन दिए पनि उहाँको शरीरमा अक्सिजनको लेभल ९० भन्दा माथि जान सकेन ।’
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार काठमाण्डौँबाट सिम्रिक एयरको हेलीकोप्टर बोलाएर ती पुरुषलाई थप उपचारको लागि पठाइएको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive