बुध, माघ २१, २०८२
Wed, February 4, 2026

गण्डकीका मन्त्रीलाई भेटेर नेपाल घरेलु तथा साना उद्योग महासंघले यसो भन्यो

साउन २७, २०७८

साउन २७, २०७८
पर्वत : गण्डकी प्रदेशमा गठन भएको नयाँ सरकारका मन्त्रीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशले स्वागत तथा सम्मान गरेको छ । महासंघका अध्यक्ष हरिहर थापा सहितको टोलीले नव नियुक्त मन्त्रीहरुलाई मन्त्रीकै कार्यकक्षमा स्वागत तथा सम्मान गरेका हुन् ।
यस प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणीभद्र शर्मा कँडेल, अर्थमन्त्री रामजी बराल, कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दु कुमार थापा लगाएतलाई महासंघको तर्फबाट स्वागत तथा सम्मान गरिएको हो ।
गण्डकी प्रदेश सरकारको मन्त्रीको जिम्मेवारी सम्हालेका मन्त्रीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभ–कामना व्यक्त गरिएको छ । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय सदस्य शिवशर्मा पौडेल र महीला उद्यमी समितीका केन्द्रीय सदस्य चिनु गुरुङ तथा अनिता मल्ल केसीको पनि उपस्थिती रहेको थियो ।
भेटघाटको क्रममा नेपाल जस्तो विकासोन्मुख राष्ट्रको आर्थिक विकास र समृद्धिको माध्यम भनेको उद्यमशिलता विकासको माध्यमबाट घरघरमा रोजगारी सिर्जना गरि गरिने औद्योगिकरण नै भएकोले प्रदेशले सोही अनुसार काम गर्न आवश्यक रहेको माग गरिएको केन्द्रीय सदस्य शिवशर्मा पौडेलले बताए । साना उद्योगको कार्यथलो वातावरणमैत्री र उत्पादन प्रणालीको दृष्टिले प्रतिष्पर्धी हुन नसकेका कारण धेरै उद्योगधन्दाहरु रुग्ण हुनुका साथै संचालित रहेका उद्यम व्यवसाय पनि पूर्ण क्षमतामा संचालन हुन नसकेको जानकारी मन्त्रीहरुलाई गराइएको उनको भनाई छ ।
साना उद्योगहरुलाई वैज्ञानिक ढंगले परिमार्जित गर्दै तिनीहरुको उत्पादकत्व बृद्धि गराउने र उत्पादनको गुणस्तर र परिमाण बृद्धि गराउन अत्यावश्यक भैसकेकोले नेपालको संघीय संरचना प्रदेश सरकार आफैले प्रदेश भित्र कस्ता कस्ता उद्योग संचालन गर्दा तुलनात्मक लाभ प्राप्त गर्न सकिन्छ र प्रदेशको अर्थतन्त्र आत्मानिर्भर र सम्बृद्ध बनाउन सकिन्छ भनी फ्यासिलिटेसन र निर्देशित गर्न जरुरी देखिएको तथा तिनै क्षेत्रको लगानीमा जोड दिई उद्यमशिलताको प्रवर्द्धन गर्न गराउन जरुरी भैसकेको भनी महासंघको टोलीले भेटका क्रममा बताएको पनि केन्द्रिय सदस्य पौडेलले बताए ।
यस गण्डकी प्रदेश सरकारले प्रदेश भित्र संचालित उद्योगहरुको स्तरोन्नतीका लागि उद्योगमा आवश्यक प्रविधि प्रतिस्थापन, पूँजी पहुँच आदिलाई महत्व दिँदै माथि उल्लेखित तुलनात्मक लाभका क्षेत्रमा लगानी अभिबृद्धिका लागि पहल गर्नुपर्नेछ र केही बर्षभित्रमा नै परिणाम जनताले देख्ने र अनुभूत गर्ने गरी वर्तमान गण्डकी प्रदेश सरकारले काम गर्नेछ भन्ने विश्वासमा आफूहरु रहेको उनको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive