मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
spot_img

बजारमा “मेरो मायालुु”

पर्वत : “बैशको भेल मायाको खेल मगमा मग बसाउने तेल रेशमी केशैमा
मान्छे छौं सिम्पल गालैमा डिम्पल दिल बस्यो त्यसैमा”
सबैको मन मुटु र जिब्रोमा झुण्डिरहने मिठो भाका र शब्द रचना ग्रमिण भेगको रमरणिय मनोरम दृश्य बहुचर्चित सर्जक शिब हमालको लय तथा शब्दमा यो गीत जति हेरेपनि, जति सुनेपनि मन अघाउदैन ।
शिब हमालका शब्दहरु साँगितिक खुराक ज्यादै स्वादिलो र रसिलो हुन्छ । यति बेला बजारमा तीजको गीतको एउटा बहार नै आएको छ । अझै तीज गीत आउन केहि साताको समय कुर्नै पर्छ । तर पनि बजारमा गीतको होडबाजीको दोहोरी चलिरहेको छ । यहि समयको गोञ्जागोल भित्र सामाजिक र एक प्रेमी प्रमिका बीच माया पिरतीको कहानीमा जोडिएका हमालका शब्द र रचनामा पृथक र अलग पहिचान रहेको पाइन्छ ।
चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको तिज गीत “मेरो मायालुु” बजारमा आएको छ । नारीहरुको पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित उक्त गीत बजारमा आएको हो । बद्री पंगेनीले आवाज दिएका तीज गीतहरु चर्चित छन् । बद्री पंगेनी र गायिका पुजा क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल शंकर बि.सी., करिश्मा ढकाल र सुजन बाबु क्षेत्रीको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई निर्देशन भने मोडल शंकर बि.सीले गरेका हुन् ।
राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेका म्यूजिक भिडियो निकै उत्कृष्ट बनेको छ । उक्त गीत “मेरो मायालुु” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानल मार्फत बजारमा आएको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive