साउन २८, २०७७
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले १६ वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा उनैका बुबा र अङ्कललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पीडित र उनको ठेगाना समेत गोप्य राखिएकी ती बालिकामाथि बलात्कार भएको भन्दै उनकै दाजुले प्रहरीमा उजुरी पेस गरेका थिए । गत जेठ सात गते बुबा र अङ्कलले नै बहिनीलाई बलात्कार गरेको भन्दै साउन २६ मा दाजुले उजुरी दिएपछि प्रहरीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको इन्स्पेक्टर अधिकारीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत पर्वतबाट १० दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ ।
बुबा र अङ्कलले १६ वर्षिया छोरीलाई बलात्कार गरेपछि . . .
