बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

कुश्माका होटेल व्यवसायी तुलाचन सम्पर्कविहीन

साउन २९, २०७८

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा होटेल सञ्चालन गर्दै आएका व्यवसायी गजेन्द्र तुलाचन बिहीबारदेखि सम्पर्कविहीन छन्।

मुस्ताङ घर भई कुश्मामा मुस्ताङ होटेल सञ्चालन गर्दै आएका उनी बिहीबार बिहान करिब ६ बजे ‘मर्निङ वाक’का लागि निस्केको भए पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनी घर नफर्किएपछि परिवारले प्रहरीले खोजीका लागि निवेदन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले तुलाचनको खोजी कार्य तीव्र पारिएको बताए। मोबाइल एक्टिभेसनको आधारमा खोजी गर्दा मोबाइल लोकेसन कुश्मा नगरपालिका१ पाङसम्म देखाए पनि त्यसपछि मोबाइल अफ भएकाले मोबाइल ट्रेसिङबाट खोजी हुन सकेको छैन। तर अन्य तरिकाबाट खोजी जारी रहेको डिएसपी बुढाथोकीले बताए।

तुलाचनका आफन्तहरूले खोजी कार्यमा सहयोग गरिदिन सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive