शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

कुश्मामा गैह्र सरकारी संस्थाहरुको संयुक्त मास्क अभियान सम्पन्न

साउन २९, २०७८

साउन २९, २०७८
पर्वत : महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मुलनाराका साथ शुक्रवार पर्वत सदरमुकाम कुश्मा वजारमा मास्क अभियान संचालन गरिएको छ ।
गत साउन २३ देखी २९ सम्म संचालन भएको नेपाल मास्क अभियानको अन्तिम दिन शुक्रवार कुश्मा वजारमा अभियान संचालन गरिको हो । जिल्लामा क्रियाशिल गैह्र सरकार संस्था महासंघ नेपाल, नागरिक संजाल पर्वत, गुडनेवर्स इन्टरनेशलन नेपाल, सोडेक नेपाल, नवचेतना सामुदायक केन्द्र लगायतका संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सामुदायिक प्रहरी तथा ट्राफिक प्रहरीहरुका लागि मास्क वितरण गरि कार्यक्रमको सूरुवात गरेका थिए ।
शिवालयचोकबाट शूरु भएको मास्क अभियान वजारका विभिन्न क्षेत्रमा व्यानर सहित परिक्रमा गरी बगैँचाचोकमा पुगेर समापन भएको थियो । कार्यक्रमको समापन गर्दै गैसस महासंघ नेपालका केन्द्रिय सचिव देवीप्रसाद तिमिल्सिनाले गैससहरु समुदायको विकासमा लागिरहदा महामारीको अवस्थामा पनि सक्रियका साथ सचेतना अभियानमा लाग्नु पर्ने वताए । शुक्रवारको मास्क अभियानमा वजार क्षेत्रमा मास्क नलाउने व्यक्तिहरुलाई मास्क वितरण गर्दै मास्क लगाउन सावुन पानीले हात धुन सुझाव दिइएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा गैसस महासंघ पर्वतका अध्यक्ष रमेश प्रसाद रिजाल नागरिक समाज पर्वतका संयोजक मान कुमारी गिरी, गुडनेवर्स इन्टरनेशलन नेपालका प्रायोजन सेवा अधिकृत विष्णु बराल लगायतका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, नेपाल प्रहरी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन गैसस महासंघका उपाध्यक्ष जगन्नाथ पौडेले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive