पर्वत : बिहीबार बिहानदेखि बेपत्ता रहेका पर्वत सदरमुकाम कुश्माका व्यवसायी गजेन्द्र तुलाचन मृत अवस्थामा फेला परेका छन्।
कुश्मा बजार स्थित दुर्लुङचोकमा रहेको मुस्ताङ गेस्ट हाउस सञ्चालन गर्दै आएका उनी बागलुङको बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरका अनुसार दबल्याङ स्थित गलुवा खोलाको पुछारमा रहेको रुखमा झुन्डिएर आत्महत्या गरेको पाइएको हो।
तुलाचन आफैले लामो समयसम्म मुस्ताङ गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए। उनी मधुमेह, उच्च रक्तचाप लगायतका रोगबाट ग्रसित थिए।
बिहीबार बिहान करिब छ बजे मर्निङ वाकका लागि निस्किएका उनी अबेरसम्म पनि नफर्किएपछि खोजी कार्य सुरु भएको थियो। सम्पर्क विहीन भए लगत्तै पर्वत प्रहरीले उनको मोबाइल ट्रेसिङ गर्दा अन्तिम पटक कुश्मा नगरपालिका १ पाङमा सिम एक्टीभ रहेको थियो। त्यसपछि भने तुलाचनको मोबाइल फोन भएको थियो। मोबाइल एक्टीभ रहेको देखाएकै क्षेत्रमा उनी मृत भेटिएका हुन्।