बुध, माघ २८, २०८२
Wed, February 11, 2026

बुबा र काकाको यौनहिँसामा परेकी बालिकालाई इन्सेकको पहलमा पोखरा लगियो

साउन २९, २०७८

साउन २९, २०७८
पर्वत : यौन हिंसाबाट पिडित १६ बर्षिय बालिकालाई पोखरा स्थित सुरक्षित घरमा पठाइएको छ । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा आफ्नै ५० बर्षिय बाबु र ३० बर्षिय काकाबाट यौन हिंसाबाट पिडित बनेकी बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पहलमा सुरक्षित घरमा पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतको अनुरोधमा बालिकालाई पोखरा स्थित सुरक्षित घरमा पठाइएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभयो । बालिकाका संरक्षक बाबु नै आरोपित ठहरेर जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेपछि र बालिकाकी आमा मानसिक रुपमा अस्वस्थ रहेका कारण बालिकालाई घर परिवारमा नै पुनःस्थापना गर्ने अवस्था नभएपछि सुरक्षित घरमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पिडित बालिकालाई आफ्नै वावुले गत जेठ ०७ गते र काकाले यही साउन २३ गते जबरजस्ती करणी गरेको भनी पिडितको दाजुले जिल्ला प्रहरी कार्यालय पर्बतमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले दुबै आरोपितलाई निजकै घरबाट साउन २६ गते पक्राउ गरेको थियो ।
प्रहरीले साउन २७ गते पर्वत जिल्ला अदालतबाट जबरजस्ती करणी कसुरमा दश दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive