मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

जबर्जस्ती करणीका एक अभियुक्त प्रहरीको गाडीबाटै फरार

साउन ३०, २०७८

जबर्जस्ती करणीका एक आरोपी प्रहरीको गाडीबाटै फरार भएका छन्। काठमाडौंको न्युरोडबाट जबर्जस्ती करणीका एक थुनुवा फरार भएका हुन्।

महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका निर्मल परियार प्रहरी अस्पताल महाराजगन्जबाट पीसीआर परीक्षण गरेर फर्किने क्रममा शुक्रबार दिउँसा न्यूरोडबाट भागेका डिएसपी दिलबहादुर मल्लले जानकारी दिए।

पीसीआर गराएर प्रहरीको गाडीमा फर्कंदै गर्दा उनी फरार भएका हुन्। अन्य थुनुवासहित परियारलाई जनसेवाको हिरासतमा लगिएको थियो। त्यसरी लैजाँदा उनलाई हतकडीसमेत नलगाएको पाइएको छ।
न्यूरोडमा सवारी जाम भएको मौकामा उनी भागेको मल्लले बताए। ‘यो घटनामा  प्रहरीबाट कमी कमजोरी भएको पाइएको छ। परियारलाई किन हतकडी लगाइएन हामी अनुसन्धान गरिरहेका छौँ।’

थुनुवालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल वा म्याद थपका लागि अदालत लैजाँदा हत्कडी लगाउने गरिन्छ। तर, परियारलाई भने हत्कडीबिनै अस्पताल लगिएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive