जबर्जस्ती करणीका एक आरोपी प्रहरीको गाडीबाटै फरार भएका छन्। काठमाडौंको न्युरोडबाट जबर्जस्ती करणीका एक थुनुवा फरार भएका हुन्।
महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका निर्मल परियार प्रहरी अस्पताल महाराजगन्जबाट पीसीआर परीक्षण गरेर फर्किने क्रममा शुक्रबार दिउँसा न्यूरोडबाट भागेका डिएसपी दिलबहादुर मल्लले जानकारी दिए।
थुनुवालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल वा म्याद थपका लागि अदालत लैजाँदा हत्कडी लगाउने गरिन्छ। तर, परियारलाई भने हत्कडीबिनै अस्पताल लगिएको थियो।