सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

आफै बसेको कपिलबस्तुको कारागारमा पुगे अध्यक्ष तिमिल्सिना

साउन ३०, २०७८

कपिलवस्तु : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको अवलोकन भ्रमण गरेका छन्।
निरंकुश पञ्चायत शासन विरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बसेका नुभएका अध्यक्ष तिमिल्सिना विसं २०४२ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताएका थिए। आफूले जेल जीवन बिताएको कारगार र अहिले कैदी बन्दीको रुपमा रहेकाको अवस्था बुझ्न कपिलवस्तु त्यहाँ पुगेको उनको भनाई छ।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव रहँदा गिरफ्तार हुनुभई शान्ति सुरक्षा अन्तर्गत राजबन्दीका रुपमा अध्यक्ष तिमिल्सिना पोखरा, तौलिहवा, भैरहवा, वीरगन्ज, काठमाडौंको केन्द्रीय भद्रगोल कारागार र नख्खु जेल गरी चार वर्ष जेल बसेर २०४६ सालमा रिहा भएका थिए।
अध्यक्ष तिमिल्सिनाले आफू जेल बसेको समयभन्दा अहिलेको अवस्था सुधार भएको पाइएको बताए। उनले कारागारलाई बिस्तारै सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीहरुलाई शिक्षा तथा सीप सिकाउनुपर्ने धारणा राखे।
अध्यक्ष तिमिल्सिनाले कपिलवस्तु कारागारको थप सुधारका लागि सरकार समक्ष पहल गर्ने बताएका छन्। अवलोकनका क्रममा उनले कैदी बन्दीका लागि मास्क उपलब्ध गराएका थिए।
३ सय ५२ जना क्षमता भएको कपिलवस्तु जेलमा हाल ४५२ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागार प्रमुख राकेश पाण्डेले जानकारी गराएका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive