बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

डा. गोविन्द केसीका माग कार्यान्वयन गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

भदौ १, २०७८

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका माग पुरा गर्ने प्रतिवद्धता जनाएका छन्।

मंगलबार केसीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै देउवाले केसीले राखेका माग तथा यसअघि सरकारले केसीसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन्।

छलफलपछि डा. केसीले विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्री नियुक्ती खारेजीको विषयमा उपयुक्त समयमा संवोधन गर्नेलगायतका विषयमा देउवाले प्रतिवद्धता जनाएको जनाएका छन्।

केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदबाट बर्खास्त गर्नुपर्ने सहित पाँच बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए। डा केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहँदा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएर छलफल गरेका हुन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive