शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

अब आउनै लाग्यो लाहुर जाने रेल

भदौ १, २०७८

संजय रेग्मी
भदौ १, २०७८
पर्वत : लाहुर जाने हो त? कसरी त? जाने त रेलमा नै। लाहुर सुन्नमा जस्तो रमाईलो जति छ त्यो भन्दा बढी पिडा त आफ्नी मायालुलाई छाड्नमा हुन्छ भन्छन लाहुरेहरु। छुट्टीमा साथीभाई, इष्टमित्र सबैसँग धित पुगने गरी बस्न, डुल्न र रमाईलो गर्न मन लागे पनि त्यो कहाँ पाइन्छ र?
एउटा लाहुरे जो मन अमिलो पार्दै माया गर्ने मान्छेलाई छोडेर हिँड्न लागेको हुन्छ, अनि गाउँमा रहने मायालु र साथीभाईलाई कस्तो पिडा होला? यस्तै कथाले भरीएको कर्णप्रिय गित ‘लाहुर जाने रेल’ केही दिनमा सार्वजनिक हुने भएको छ।
लोक तथा दोहोरी गीत सुदिप क्षेत्रीको गीत बजारमा आउन लागेको हो। कलाकार क्षेत्री र सृजना कुँवरको आवाजमा रहेको गीतमा शब्द र लय पनि क्षेत्रीकै रहेको छ। तारानाथ आचार्यको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोमा जितेन क्षेत्री र शिल्पा कार्कीको शसक्त अभिनय रहेको छ। भिडियोमा सतिष रेग्मी, बिनोद रेग्मी, आर.सी पौडेल (रामचन्द्र), सूर्य ढकाल, बिनिता पौडेल सुवेदी, बबी कार्की, मनिषा भण्डारी, लगायतका कलाकारहरुको अभिनय रहेको छ। शिवराजा भुर्तेलको छायांकन र समिर रामदामको सम्पादन रहेको म्युजिक भिडियोको निर्देशन पनि आचार्यले नै गरेका छन्। डिजिटल स्टार पोखराबाट सार्वजनिक गर्न लागिएको गीत नेपाली मौलिक शैलीमा छायांकन गरिएको छ। रोधिघरको महत्व प्रस्ट देखिने गरी बनाइएको म्युजिक भिडियोमा गाउँले परिवेश र शैली देखाइने कलाकार क्षेत्रीले बताए।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive