संजय रेग्मी
भदौ १, २०७८
पर्वत : तपाईँ आफ्नी आमालाई कति माया मान्नुहुन्छ ? तपाईँकी आमाले तपाईँबाट गर्नुभएको मायाको अपेक्षा र तपाईँलाई यहाँसम्म ल्याउनको लागि सहनुभएको कष्ट सम्झीनुहोस त एक पटक । तपाईँले कति माया गर्नुहुन्छ ? त्यो तपाईँको ठाउँमा रह्यो ।
तर पैसाको मोहमा फसेको एउटा छोराले आमालाई चटक्कै माया मार्दा त्यो आमाको मनमा कति पिडा होला ? त्यो भोगीरहेका आमाहरुलाई थाहा होला । तर भोगेका आमाहरुले पनि त खुलेर त्यो कुरा बाहिर भन्न सक्नुहुन्न । किनकी छोरा बुहारीको मायामा तड्पिएकी ति आमालाई त्यही समाजले झनै कमजोर बनाईदिन्छ । किनकी जो पनि शक्तिका पछाडी लाग्ने त रहेछ आखिर ।
पिडा बोल्न र खोल्न नसक्ने आमाहरुको भावनालाई बुझेर तयार पारिएको एउटा कोसेली भदौ एक गते सार्वजनिक हुँदै छ, त्यो हो तीज विशेष सांगितिक कोसेली ‘आमा’ । पैसा कमाउँदै यूरोपमा मस्त रहेको छोरा अनि आधुनिक बन्ने नाममा संस्कार र संस्कृतिलाई कुल्चिने बुहारी, त्यो भन्दा के पिर हुनु छ र एउटी आमालाई ? छोरा र बुहारीको माया नपाएकी एउटी आमाको बियोगान्त कथा बोकेको छ ‘आमा’ ले ।
सरस्वती लामिछानेको स्वर र शिव अखेलीको शब्द रचना, गोविन्द पौडेलको लय रहेको गीतमा मिस धौलागिरीको ताज पहिरीएकी शिल्पा कार्की र अभिनयमा अब्बल सूर्य ढकाल, सतिश रेग्मी, आर.सी पौडेल (रामचन्द्र), विनिता पौडेल, लगायतका कलाकारहरुको अभिनय रहेको छ । डिजिटल स्टार पोखराले दृश्य निर्माण गरेको गीतको म्युजिक भिडियोको निर्देशन तथा एरेन्ज तारानाथ आचार्यले गरेका छन् । कलाकार कृष्ण अखेलीको व्यवस्थापनमा निर्माण भएको भिडियोको छायांकन शिवराज भुर्तेलले गरेका छन् । गितको निर्माण गायिका लामिछानेले गरेकी हुन् ।
हेर्नुहोस भिडियो :