शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

महाशिलाको लामेगाउँबासीले डोकोमा पानी बोक्नुपर्ने बाध्यता हट्दै

भदौ ४, २०७८

पर्वत : जिल्लाको महाशिला गाउँपालिका–५ लुँखुको लामेकी डिल कुमारी बि.क.लाई पानी बोक्दैमा हैरान छ। घर नजिकै खानेपानीको धारा नहुँदा बस्तीबाट करिब आधा घण्टा टाढा रहेको लामेको धारबाट डोकोमा पानी ओसार्छिन्। पिउने पानीको समेत असुविधा भएको लामे बस्तीका नागरिकलाई लत्ता कपडा धुन, चौपायालाई खुवाउन आवश्यक पानीको जोहो गर्नु त झनै कठिनको कुरा हो।
पानीको सास्ती भोग्दै आएको लामेको बस्तीका ती दुःख भने अब टर्ने भएका छन्। पिउने पानी  पाउन समेत मुस्किल हुने बस्तीको घर घरमा पक्की धारा बन्ने भएका छन्। गाउँपालिकाका प्रवक्ता तथा सोही वडाका वडाध्यक्ष जीवन विक्रम उचैका अनुसार पानीको व्यवस्थापनको लागि सङ्घीय सरकारबाट ५० लाख रुपैयाँ बजेट आएपछि वर्षौँदेखिको पानीको समस्या हट्ने भएको हो।
‘लामेको बस्तीमा धेरै घरहरू दलित समुदायका छन्। त्यहाँ वर्षौँदेखि पानीको समस्या रहँदै आएको थियो, अब भने प्रत्येक घरमा प्लास्टर गरेका धाराहरू निर्माण हुँदै छन्’ उनले भने, ‘बस्तीमा रहेका ५५ परिवार पानी बोक्नका लागि आधा घण्टा धाएर, डोकोमा गाग्री राखेर जानुपर्ने बाध्यता हट्न लाग्दी खुसी लागेको छ।’ घर घरमा जाने पानीलाई निःशुल्क रूपमा वितरण गरिने र त्यही पानीलाई तरकारी उत्पादनमा समेत प्रयोग गर्न सकिने पनि प्रवक्ता उचै बताउँछन्।
पानीको अभावमा करेसाबारीमा समेत तरकारी फलाउन नसकिरहेको बेलामा अब भने तरकारी किन्नुपर्ने अवस्था नआउने स्थानीय बिबी कुमारी गुरुङको भनाई छ। प्रत्येक घरका महिलाको दैनिकी भनेको डोकोमा पानी ओसार्नु रहेको भए पनि अब भने पानीको दुःख भोग्नु नपर्ने उनले बताइन्।
निर्माण समितिका अध्यक्ष डम्बर गुरुङका अनुसार आउँदो माघ महिनासम्ममा खानेपानी आयोजनाको काम पूरा गरेर घर घरमा पानी पठाउने योजना बनाइएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive