बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

लायन्स क्लब अफ काठमाडौँ फेमिलीद्वारा बाघद्वारमा हाईकिङ्ग कार्यक्रम सम्पन्न

नबराज ढकाल
भाद्र, ७, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं फेमिलिले भाद्र ५ गते शिबपुरीको बाघ द्वारमा हाईकिङ कार्यक्रमको आयोजना गर्यो। उल्लेखनीय सदस्यहरुको उपस्तिथिमा सम्पन्न उक्त हाईकिङ्ग यात्राले आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुका साथै ूस्वस्थ जिबन( स्वच्छ बाताबरणू भन्ने सन्देश दिएको क्लबकी अध्यक्ष श्री शकुन्तला देबकोटाले बताउनु भयो। कोलाहल शहरको बसाईले आजित भएका राजधानी बासिलाई यस्ता हाईकिङ यात्राले नयाँ उर्जा दिने भएकोले बेला बेलामा परिवार सहित यस्ता यात्रा गर्नुपर्ने क्लबका बरिस्ठ उपाध्यक्ष बिनोद पाण्डे बताउनुहुन्छ ।
राजधानी शहरबाट उत्तरमा अबस्थित बाघद्वार शिबपुरी( नागार्जुन राष्ट्रिय निकुन्ज अन्तर्गत पर्छ। काठमाडौंको बुढानिलकण्ठदेखि करिब ३ घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिने यस ठाँउ समुन्द्री सतहबाट करिब २ हजार ४ सय ९० मिटरको उचाइमा रहेको छ। बागमती नदिको उद्गम स्थल मानिले यस ठाउँमा ढुङ्गाबाट निर्मित शिव लिंग, शिवका मूर्ति, त्रिशुल आदि छन् । नजिकै गुफाजस्तो देखिने संरचना छ भने त्यसको सँगै त्यहाँ बस्ने योगिका निमित्त बनाइएको सानो टहरा पनि देख्न सकिन्छ। धर्मावलम्बीहरुका लागि स्नान गर्न बाघको मुख भएका पबित्र धाराहरु बनाईएका छन। किंवदन्ती अनुसार शिवजीले परापुर्बकालमा यहाँको गुफामा बसेर तपस्या गर्ने क्रममा बाघले सुरक्षा दिएकाले यस धार्मिक स्थलको नाम बाघद्वार रहन गएको हो भन्ने भनाई छ ।
यहाँको हावापानी, भू–बनोट, माटो तथा जैविक तत्वहरूले गर्दा प्राकृतिक वनको संरचनामा बिबिधता ल्याएको देखिन्छ । १,८०० मिटरभन्दा तलका दक्षिण मोहडा भएका डाँडाहरूमा खोटे सल्ला तथा चिलाउने कटुसका रुखहरु पाइन्छ भने खोलाका किनार र खोंचमा मुख्य रूपमा उत्तिस प्रजातिका बोटहरु पाइन्छन । माथिल्लो भेगमा खस्रु, बाँझ र लालिगुराँसका मिश्रित वन रहेका छन् । निकुञ्जको वनजङ्गल पूर्णरूपमा संरक्षण गरिएकोले यहाँ विभिन्न प्रजातिका चरा तथा बिभिन्न किसिमका च्याउ पाईनुका साथै दुर्लभ ध्वाँसे चितुवा, भालु, चितुवा, रतुवा, बँदेल, जङ्गली बिरालो, लंगुर लगायत विभिन्न जङ्गली जनावरहरूको बासस्थान छ।
यस निकुञ्ज अन्तर्गत हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका महत्वपूर्ण धार्मिक स्थलहरू रहेका छन् । बाघद्वारका साथसाथै जामाचो, विष्णुद्वार, नागी गुम्बा आदि यहाँका प्रमुख तीर्थस्थलहरु हुन् । शिवपुरीको उत्तरी भेगबाट उच्च हिमालको भव्य दृश्य तथा दक्षिणतिर काठमाडौं उपत्यका देख्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि यस क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको छ । यस क्षेत्रमा विभिन्न पदयात्राका रुटहरु छन। ककनी, जामाचो, सुर्यचौर, शिबपुरी पिक, चिसापानी तथा हेलम्बु जाने प्रमुख गोरेटो बाटो यस निकुञ्ज क्षेत्रभित्र पर्ने सुन्दरीजल हुँदै जान्छ । बाघद्वार लगायत यहाँको प्रायस् पर्यटकिय क्षेत्रहरूमा एक दिनमै यात्रा गर्न सकिन्छ ।
निकुञ्ज क्षेत्रभित्र कुनै ब्यक्तिगत संरचना तथा पसल, रेस्टुरेन्ट ब्यबशाय सन्चालन गर्ने अनुमति नभएकाले आफुलाई आबश्यक पर्ने पानी तथा खाजाको लागि पुर्ब प्रबन्ध गर्नुपर्ने हुन्छ। काठमाडौंको उकुसमुकुसलाई केही क्षण छल्न छोटो समयमानै सुन्दर, शान्त र मनमोहक प्रकृति सङ लुकामारी गर्दै यस्ता गन्तव्यहरुमा कम्तिमा पनि महिनाको एक चोटि परिवार तथा साथिभाईहरुको साथमा जानुपर्ने क्लबका डिस्टृक चियर पर्सन अन्जन श्रेष्ठ बताउनुहुन्छ । बुढानिलकण्ठबाट शुरु गरिएको उक्त पदयात्रा बाघ द्वार, देउराली नागी गुम्बा हुँदै बुढानिलकण्ठमा आएर सम्पन्न भएको थियो। उक्त पदयात्रामा लायन्स क्लब अफ काठमाडौं फेमिलिका कार्यसमिति तथा उल्लेखिय सदस्यहरुको उपस्तिथि थियो।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive