काठमाडौं : गायक टंक तिमिल्सैना र गायिका समीक्षा अधिकारीको आवाजमा आई लभु यू प्यारा बोलको गीत सार्वजनिक भएको छ।
गीत टंक तिमिल्सैना युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो। टंकको शब्द, संगीत र एरेन्ज रहेको गीत द मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोमा तिमिल्सैना र अधिकारी नै देखिएका छन्। भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्।