बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

बाल दिवसमा कविता लेखेर जितौँ पुरस्कार

पर्वत : कोरोना संक्रमणको जोखिमका कारण प्रतियोगित्मात्क कायर्मक्रमहरु नभएको धेरै भएको छ। रचनात्मक क्षमता भएका थुप्रै बिद्यार्थीहरु अहिले पनि घरमा मोनोटोनस अवस्थामा बसिरहनुपरेको बाध्यता हामीले देखेकै छौँ। दिनहुँजसो हुने गरेका लाईभ तथा स्टेज कार्यक्रमहरु नदेख्दा सबैको मानसिकतामा कहीँ न कहीँ त प्रभाव परेको छ नै।
तर अब कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि पर्वतका बिद्यार्थीहरुका लागि भने फ्रेस बन्नका लागि फेरि लाईभ कार्यक्रम हुने भएको छ, त्यो पनि कविता लेख्दै वाचन गरेर।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वत र नेपाल बाल संगठन, जिल्ला कार्यसमिति पर्वतको संयुक्त आयोजनामा यही भाद्र २९ गते राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो। विद्यालय स्तरीय कविता प्रतियोगितामा सहभागी हुनका लागि आयोजक संस्थाहरुले विद्यार्थीहरुलाई अनुरोध गरेका छन्।

यस्ता छन प्रतियोगिताका नियम

१. सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले मात्र कविता प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
२. एउटा विद्यालयबाट १ जना छात्रासहित २ जनाले विद्यालयको पत्रसहित प्रतियोगितामा भाग लिन सक्नेछन् ।
३. सम्बन्धित विद्यालयले वा प्रतियोगी छात्रछात्राले आयोजकलाई तल दिइएको सम्पर्क नम्बरमार्फत भाद्र २८ गते साँझसम्म सम्पर्क राख्नुपर्ने छ ।
४. प्रतियोगी विद्यार्थीहरु भाद्र २९ गते बिहान ठीक १० बजे नेपाल बाल संगठन, पर्वतको कार्यालय रहेको श्री बाल मन्दिर प्रावि कुश्मामा आइपुग्नुपर्ने छ ।
५. प्रतियोगीलाई तत्काल कविता लेखनको शीर्षक उपलब्ध गराई कविता सिर्जनाका लागि १ घण्टाको समय प्रदान गरिने छ । तत्पश्चात निर्णायक मण्डलले कविताको मूल्यांकन गर्नेछ ।
६. प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार उपलब्ध गराइने छ भने सबै सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
७. कविता प्रतियोगिताको पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम सोही दिन सोही स्थानमा आयोजना गरिनेछ ।
८. तठस्थ र निश्पक्ष रही प्रतियोगितासम्बन्धी अन्तिम निर्णय लिने अधिकार आयोजक पक्षसँग रहनेछ ।

अनुरोधक :
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल), पर्वत (संयोजक ः यज्ञ प्रसाद शर्मा, ९८४६१४२८२३)
नेपाल बाल संगठन, जिल्ला कार्यसमिति, पर्वत (सभापति ः अर्जुन पौडेल निर्जन, ९८५७६३०७८९)

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive