भदौ २६, २०७८
पर्वत : पर्वत प्रहरीले कुश्मा नगरपालिका–३ दुर्लुङमा गाँजा फडानी गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सहित करिब १५ सय बोट गाँजा फडानी गरिएको हो।
समुदाय प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक सेवा केन्द्र कुश्माको संयुक्त आयोजनामा सचेतनामूलक कार्यक्रम सहित गाँजा फडानी गरिएको हो।
सचेतना कार्यक्रममा लागु औषधका कारण, प्रकार र असर तथा सो संग सम्बन्धित ऐन् कानुन र यसबाट कसरी बच्ने जस्ता विषयमा केन्द्रित रहि प्रहरी निरीक्षक प्रदिप पौडेलले कार्यक्रमको सहजिकरण गरेका थिए। कार्यक्रममा वडाध्यक्ष तेज प्रसाद पाध्या, काफलचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर गुरुङ, प्रधानध्यापक प्रकाश शर्मा, सामुदायिक सेवा केन्द्र कुश्माका ईन्चार्ज प्रहरी सहायक निरीक्षक साजन कार्की लगायत स्थानिय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।