भदौ २६, २०७८
पर्वत : निराजन र करुणाको बीचमा गहिरो प्रेम थियो। एक अर्कामा निकै खुसी उनीहरुको जोडी डाहा लाग्ने खालको थियो। त्यही बीचमा करुणाको जन्मदिन आउँछ, सबै आफन्तहरु भेला भएका हुन्छन्। करुणको जन्मदिनको उत्सवमा जाँदै गरेका हुन्छन् निराजन।
आफ्ना प्रेमी कतिबेला आइपुग्लान? भन्ने प्रतिक्षामा बसेकी करुणाले पटक पटक निराजनलाई फोन गरिरहेकी हुन्छन्। यात्राकै क्रममा निराजन सडक दुर्घट्नामा परी घाइते हुन्छन्। उनको एउटा खुट्टा नै गुम्छ। उनले चाहे ही आफ्नो अपांगता भएको शरीर करुणालाई नदेखाउँ। करुणालाई दुखी बनाउनुभन्दा आफै उनको सम्पर्कमा नरहने फैसला उनले गर्छन।
यो कथामा दृश्य बनेको कर्णप्रिय गित हो ‘तिमी मेरी हुन सकिनौ’। साउण्डमिलको प्रस्तुतीमा सार्वजनिक भएको गीतकी निर्माता बुनु श्रेष्ठ हुन्। बुनुकै स्वर रहेको गीतमा निराजन प्रधान र करुणा श्रेष्ठको शसक्त अभिनय रहेको छ। गीतका शब्द नरेश प्रधानले लेखेका हुन भने संगीत दीपक शर्माको रहेको छ। मेरीयन राजभण्डारीको कथा र सम्पादन रहेको गीतको म्यूजिक भिडियोको छायांकन दिपेन बस्न्यात तथा सास्वत श्रेष्ठ र निर्देशन मनोज राजभण्डारीले गरेका छन्।
केही वर्ष पहिलेसम्म नेपाली संगीत क्षेत्रमै जमिरहेकी गायिक बुनु श्रेष्ठ केही वर्षयता संगीतबाट टाढिएकी थिईन्। आफू पनि सांगितिक जीवनमा फर्किएको र अब अन्य गीतहरुको तयारी पनि भइरहेको उनले बताईन्।
हेर्नुहोस भिडियो :




