शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

जनगणना अन्तर्गत पर्वतमा कुन दिनमा के हुँदै छ?

भदौ २६, २०७८

भदौ २६, २०७८
पर्वत : आउँदो कात्र्तिक २५ देखि मंसिर ९ गतेसम्म गर्न लागिएको राष्ट्रिय जनगणना–२०७८ का लागि जिल्ला जनगणना कार्यालय पर्वतले पनि आफ्नो कार्यतालिका सार्वजनिक गरेको छ।
जिल्ला जनगणना अधिकृत ज्योती के.सी का अनुसार सार्वजनिक गरिएको तालिकमा सुपरीवेक्षकहरुको पुनर्ताजगी तालिमदेखि गणना कार्यसम्मका लागि समय निर्धारण गरिएको छ। जसमा आउँदो भदौ २७ र २८ गते सुपरीवेक्षकहरुको पुनर्ताजगी तालिम प्रदान गर्ने, भदौ ३० देखि असोज १८ सम्म सूचीकरण कार्य गर्ने, कात्र्तिक ९ देखि ११ गतेसम्म गणकको नियुक्ति गर्ने, कात्र्तिक १३ देखि १७ सम्म गणकहरुको लागि तालिमको आयोजना गर्ने र कात्र्तिक २५ देखि मंसिर ९ गतेसम्म घर घरमा पुगेर तथ्याङ्क लिईने छ।
अधिकृत के.सी का अनुसार कोरोना संक्रमण बढ्दै गएपछि रोकिएको जनगणनाको सबै कार्यक्रमहरु पुन सुरु भएका छन्। पर्वतमा गरिने जनगणनाको लागि अहिले आन्तरिक तयारीहरु भइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive