बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

ब्लड क्यान्सर पिडित माझीलाई सहयोगी हातको सहयोग

भदौ २७, २०७८
पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको नेपाली सहयोगी हातले ब्लड क्यान्सर पिडित पर्वतको एक परिवारको लागि सहयोग गरेको छ।
त्यसै त घरको आर्थिक अवस्था दयनीय त्यसमा पनि ब्लड क्यान्सरबाट पिडित भएका कुश्मा नगरपालिकात्यसै त घरको आर्थिक अवस्था दयनीय त्यसमा पनि ब्लड क्यान्सरबाट पिडित भएका कुश्मा नगरपालिका–१ पाङ स्थित मालढुंगाको माझी बस्तीका ३० वर्षिय किशोर माझीको परिवारलाई सहयोग गरिएको हो।


सहयोगी संस्था नेपाली सहयोगी हातका अध्यक्ष निखिलेस पुरीका अनुसार किशोरका दुई सन्तान छन्। उनका दाजु सवारी चालक हुन भने आमा घरमै छिन्। किशोर पनि सवारी चालक नै थिए तर गत वर्षको माघमा अचानक स्वास्थ्य समस्या आएपछि उपचारको क्रममा उनमा ब्लड क्यान्सर रहेको थाहा भएको थियो। ऋणमै रहेर उपचार गर्दै आएको परिवारलाई छाक टार्न समेत समस्या आएपछि सहयोगी हातले परिवारको दाल, चामल, नून, तेल, बिस्कुट, सुख्खा तरकारी र किशोरका दुई सन्तानको लागि जाडो र गर्मीका लागि उपयुक्त हुने लत्ता, विद्यालय जानको लागि जुत्ता, स्टेशनरी लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो।


‘उहाँहरुको घरको अवस्थाको बारेमा जब हामीलाई थाहा भयो हामीले सहयोगका लागि केही दाताहरुलाई अनुरोध गरेका थियौँ। अहिले तत्कालका लागि लत्ता कपडा र खाद्यान्न सहयोग गरिएको छ’ अध्यक्ष पुरी भन्छन्, ‘किशोर सहित माझी बस्तीमा रहेका अरु पनि गम्भीर रोगसँग लडिरहेको देखियो, उहाँहरुको लागि पनि हामीले सहयोग अभियान सञ्चालन गर्ने छौँ।’


सहयोग सामग्रीहरु पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीमार्फत पिडित परिवारमा हस्तान्तरण गरिएको थियो। सामग्री हस्तान्तरणपछि बोल्दै पहाडीले कालीगण्डकीको भेलसँग जोडिएर बाँचिरहेको माझी बस्तीका नागरिकलाई जीविका चलाउन धेरै संघर्ष गरिरहनुपरेकोमा दुःख व्यक्त गर्दै त्यहाँको पिडा बुझिदिन राज्यलाई अनुरोध गरे। माझी बस्तीमै लगेर पर्वत अस्पताददे स्वास्थ्य शिविर समेत सञ्चालन गरिसकेको बताउँदै उनले आर्थिक समस्यामा रहेका गरिब तथा बिपिन्न परिवारको लागि अस्पतालमा सामाजिक सेवा इकाईबाट १० हजारसम्मको निशुल्क उपचार गर्न सकिने उल्लेख गरे।


‘यहाँको अवस्था बुझेर राज्यले ध्यान दिनुपर्छ, कालीगण्डकीसँग पैँठेजोरी खेल्दै धानिएका यहाँका नागरिकको संघर्षको कथा कहालीलाग्दो छ। रोग र भोकको पीडामा यहाँका बासिन्दा छन’ उनले भने, ‘मजदुर तथा गरिब र बिपन्नको लागि अस्पतालमा सामाजिक सेवा ईकाइ सञ्चलन भइरहेको छ। त्यहाँ आउनुहोस १० हजारसम्मको उपचार निशुल्क हुन्छ। बालबालिकालाई पोषण नपुगेको भए पोषण गृहमा नै राखेर आहार दिन्छौँ।’
सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन विन्दु श्रेष्ठले गरेकी थिईन भने मजदुरको पक्षमा काम गर्दै आएकी देवीकला राईले पनि मजदुरहरुको अवस्थाका बारेमा बोलेकी थिईन्। कार्यक्रममा सहयोगी हातको तर्फबाट समुन्द्र श्रेष्ठ र बिनय पुरीको पनि सहभागिता रहेको थियो।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive