मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

तीन वर्ष अघि रेलको टिकट काटेका कलाकार क्षेत्री बल्ल पो लाहुर जाँदै ?

अशोज १, २०७८

असोज १, २०७८
पर्वत : तपाईँ यात्रामा जाँदा कति सयम पहिला प्लेन वा रेलको टिकट बुक गर्नुहुन्छ? त्यो तपाईँको अवस्थामा भर पर्छ होला। तर लोक तथा दोहोरी गीत गायक सूदीप क्षेत्रीले भने रेलको टिकट काटेको तीन वर्षपछि लाहुर जाने सुर कसेका छन्।
यो प्रसंग भने रियल लाईफको नभई रिल लाईफको हो। तीन वर्ष अगाडि सांगितिक कोसेली ‘रेलको टिकट’ निर्माण गरेका कलाकार क्षेत्रीले त्यसयता अर्को एल्बम ‘गौँथली’ पनि सार्वजनिक गरेका उनको पछिल्लो एल्मब ‘लाहुर जाने रेल’ शुक्रवार सार्वजनिक भएको छ। ‘रेलको टिकट’ र ‘लाहुर जाने रेल’ सेरीजको रुपमा तयार पारिएका गीत त होईन तर गीतका शीर्षकले भने टिकट बुक गरेपछि अब लाहुर जाने सुर कसेको देखाउँछ।
लाहुर सुन्नमा जस्तो रमाईलो जति छ त्यो भन्दा बढी पिडा त आफ्नी मायालुलाई छाड्नमा हुन्छ भन्छन लाहुरेहरु। छुट्टीमा साथीभाई, इष्टमित्र सबैसँग धित पुगने गरी बस्न, डुल्न र रमाईलो गर्न मन लागे पनि त्यो कहाँ पाइन्छ र?
एउटा लाहुरे जो मन अमिलो पार्दै माया गर्ने मान्छेलाई छोडेर हिँड्न लागेको हुन्छ, अनि गाउँमा रहने मायालु र साथीभाईलाई कस्तो पिडा होला? यस्तै कथाले भरीएको कर्णप्रिय गित ‘लाहुर जाने रेल’ सार्वजनिक हुने भएको हो।
कलाकार क्षेत्री र सृजना कुँवरको आवाजमा रहेको गीतमा शब्द र लय पनि क्षेत्रीकै रहेको छ। तारानाथ आचार्यको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोमा जितेन क्षेत्री र शिल्पा कार्कीको शसक्त अभिनय रहेको छ। भिडियोमा सतिष रेग्मी, बिनोद रेग्मी, आर.सी पौडेल (रामचन्द्र), सूर्य ढकाल, बिनिता पौडेल सुवेदी, बबी कार्की, मनिषा भण्डारी, लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।
शिवराज भुर्तेलको छायांकन र समिर रामदामको सम्पादन रहेको म्युजिक भिडियोको निर्देशन पनि आचार्यले नै गरेका छन्। डिजिटल स्टार पोखराबाट सार्वजनिक गर्न लागिएको गीत नेपाली मौलिक शैलीमा छायांकन गरिएको छ। रोधिघरको महत्व प्रस्ट देखिने गरी बनाइएको म्युजिक भिडियोमा गाउँले परिवेश र शैली देखाइएको छ।

हेर्नुहोस भिडियो :

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive