शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

यी ठाउँमा सहयोग गर्दै छ मिलन फाउण्डेसनले

असोज १९, २०७८
पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको मिलन फाउण्डेसनको पछिल्लो बैठकले विभिन्न ठाउँमा सहयोग गर्ने भएको छ। व्यक्ति, विद्यालय, समुदाय लगायतका क्षेत्रमा आर्थिक, भौतिक, शैक्षिक लगायतका सहयोग उपलब्ध गराउँदै आएको संस्थाले सांगठनिक र सहयोग सम्बन्धि निर्णय गरेको संस्थाकी कार्यवहाक अध्यक्ष देवी कुमारी गुरुङले बताइन्।
गत असोज १६ मा गते कार्यवहाक अध्यक्ष देवी कुमारी गुरुङ, सचिव खडक बहादुर गुरुङ, सह सचिव कमल थापा, कोषाध्यक्ष देउकी सिंजाली, सदस्य तथा आर्थिक संयोजक धन कुमारी गुरुङ, सदस्यहरु भुपेन्द्र कुँवर  लगायतको भौतिक उपस्थिति तथा फाउण्डेसनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’, अध्यक्ष गंगा कुमारी गुरुङ, संचार संयोजक मणी गुरुङ र मिलन वल्र्ड न्यूजका पत्रकार रुद्र श्रीसको भर्चुअल उपस्थितिमा बैठक सम्पन्न भएको हो।


बैठकबाट महेन्द्र आधारभूत विद्यालय पाल्पा, पर्वतको मोदी गाउँपालिका–८ चित्रेको पञ्चकोशी आधारभूत विद्यालय र मोदी गाउँपालिका–५ बाजुङको फलाल्नेमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि ट्रयाकसूट वितरण गर्ने निर्णय गरेको छ। यस्तै कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको दुर्लुङ समाज घरमा प्रोजेक्टर हस्तान्तरण गर्ने निर्णय गरेको छ।


यस्तै फाउण्डेसनका संरक्षक दुर्गा बहादुर गुरुङले मोदी गाउँपालिकाका दुई विद्यालय सहित बाजुङको न्याउले यूवा क्लबलाई खेलकुद प्रतियोगिता सञ्चालन गर्न १० हजार आर्थिक सहयोग गर्नुभएकोमा धन्यवाद दिने, संस्थाको नवीकरणका लागि कार्यवहाक अध्यक्ष देवी गुरुङलाई जिम्मेवारी दिने, फाण्डेसनको सदस्यता लिन चहानेहरुका लागि यही असोज २० गतेदेखि मंसिर १९ गतेसम्मको अवधि खुल्ला गर्ने र फाउण्डेसनका सल्लाहकार एवं कार्यक्रम संयोजक हितकाजी गुरुङ र उनकी धर्मपत्नी हेमा गुरुङ वैदेशिक भ्रमणका लागि हङकङ जान लागेकाले सुखद यात्राको कामना गर्ने निर्णय गरेको छ।
मिलन फाउण्डेसनले पर्वत सहित देशका विभिन्न जिल्लामा पुगेर आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ। संरक्षक गुरुङको परिवारबाट सञ्चालन हुँदै आएको संस्थाले विभिन्न ठाउँमा सहयोग गरे पनि अन्य दातासँग भने आर्थिक तथा भौतिक सहयोग लिने गरेको छैन्। वैदेशिक रोजगारीको शिलशिलामा हङकङमा रहँदै आएको मिलन दम्पत्तीले नै संस्थाको तर्फबाट सहयोगका लागि लगानी गर्दै आइरहेका छन्।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive