असोज १८, २०७८
पर्वत : सोमबार मनाइएको ६६ औँ प्रहरी दिवसको अवसर पारेर सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको नेपाली सहयोगी हातले जिल्ला प्रहरी कार्यालय पर्वतलाई मास्क सहयोग गरेको छ।
कोभिड–१९ को जोखिम अझै पनि कम नभएको र प्रहरीले संक्रमण रहेकै अवस्थामा जस्तै सक्रियतालाई कायम गर्नु परिरहेका कारण उनीहरु जोखिममा रहेका कारण एक हजार थान मास्क वितरण गरिएको सहयोगी हातका अध्यक्ष निखिलेस पुरीले बताए। जिल्ला प्रहरीमा दिइएका उक्त मास्कमध्ये दुई सय थान भने जिल्ला ट्राफिक प्रहरी कार्यालयका लागि दिइएका हुन्। त्यस अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले प्रहरीको अवस्थालाई ध्यानमा राखेर प्रहरीलाई सुरक्षित राख्नको लागि मास्क सहयोग गरेकोप्रति सहयोगदातालाई धन्यवाद ज्ञापन गरे।
मास्क हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक राजेन्द्र अधिकारी, सहयोगी हातको तर्फबाट अध्यक्ष पुरी सहित सदस्यहरु दिनेश गिरी, समुन्द्र श्रेष्ठ र निय पुरीको सहभागिता रहेको थियो।
सहयोगी हातका सदस्य श्रेष्ठले सामाजिक सेवामा रहँदा आफूहरुलाई खुसी मिल्ने भएकाले अभियानलाई निरन्तरता दिइएको बताए।