शनि, माघ १०, २०८२
Sat, January 24, 2026

६० हजार नगद सहित चार जुवाडे पक्राउ

अशोज २६, २०७८

असोज २६, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतको जलजला गाउँपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ६० हजार रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार जलजला गाउँपालिका–३ वारी बेनी स्थित विकास श्रेष्ठको घरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूमा धनकुटाको सहिदभूमि गाउँपालिका–४ घर भई जलजलामा बस्दै आएका महेश राई, तेह्रथुमको लालीगुराँस गाउँपालिका–६ सगनाम घर भई जलजलामै बस्दै आएका सरोज थापा मगर, पर्वतको जलजला गाउँपालिका–१ बनौँका रामबहादुर पुन र वारी बेनीमा बस्दै आएका विकास श्रेष्ठ रहेका छन ।
होटेल समेत रहेको घरमा हारजित हुने गरी जुवा खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूलाई नगद ६० हजार एक सय ८५ रुपैयाँ सहित रंगेहात नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
उनीहरूका विरुद्ध ‘जुवा खेल्न वा सट्टबाजी गर्न नहुने’ मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive