मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

फुटबल खेलाडीलाई सरकारले जनही पाँच लाख दिने

काठमाडौं : साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले जनही पाँच/पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरूलाई पाँच/पाँच लाख र प्रशिक्षकहरूलाई तीन/तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो। फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रह्यो। नेपाली टोली सोमबार बिहान नेपाल फर्किएको छ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive