शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ को मृत्यु

कार्तिक ३, २०७८

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जना मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार राति ९ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जनाको मृत्यु भएको हो।

हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार सञ्चार सेवा अवरुद्ध रहेकाले घटनाबारे बुधबार बिहानमात्रै जानकारी आएको हो।
अहिले सेना तथा प्रहरीसहितको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ गएको उनले जानकारी दिए।

सदरमुकाम सिमकोटबाट खर्पेल गाउँ पुग्न तीन घण्टा पैदल हिँड्नु पर्छ। घटनाबारे विस्तृत विवरण टोली त्यहाँ पुगेपछि थाहा हुने उनले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive