बुध, माघ २८, २०८२
Wed, February 11, 2026

बाढी-पहिरोमा परी देशभर १७ जनाको मृत्यु

कार्तिक ३, २०७८

काठमाडौं : आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभरमा १७ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी बुधबार बिहानसम्म १७ जनाको मृत्यु भएको हो।

मन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पोखरेलका अनुसार धनकुटा र हुम्लामा ६/६, पाँचथरमा तीन र इलाम दुईजनाको बाढी-पहिरोमा परी मृत्यु भएको छ। बाढीले बढी क्षति सुदूरपश्चिम प्रदेशमा गरे पनि टेलिफोन र मोबाइल फोन सेवा अवरुद्ध हुँदा यकिन विवरण प्राप्त हुन नसकेको पोखरेलले बताए। प्राप्त विवरण भन्दा पनि बढीको पहिरो र बाढिका कारण मृत्यु भएको हुन उनको भनाइ छ।

प्रदेश १ मा पनि विद्युत सेवा अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित बनेको छ। अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुवानमा परेको छ। जसका कारण मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ। सबस्टेसन डुवानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको नेपाल विद्युत प्राधिरणले जनाएको छ।

नेपालबाट मनसुन बाहिरिए पनि भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा केही दिनदेखि मौसम बदली भई वर्षा भइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive