शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

देशभर आज पनि सामान्यदेखि पूर्ण बदली, वर्षा र हिमपातको सम्भावना कुन–कुन क्षेत्रमा?

काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले अहिले नेपालमा बदली तथा वर्षा भएको हो।

अहिले देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १ का थोरै र प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive