मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

पुण्य गौतम नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा चयन

कार्तिक ३, २०७८

काठमाडौं -फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय पुण्य गौतम नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा चयन भएका छन।

पूर्व वाम-विश्लेषक समेत रहनुभएका गौतमले औपचारिक राजनीतिमा फड्को मारेका हुन।

गौतमले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनयन भएकाे जानकारी गराएकाे हाे। गौतमले आफूलाई केन्द्रीय कमिटिमा मनोनयन गर्नुभएकोमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई धन्यवाद दिए।

आफ्नो फेसबुक स्टाटसमा गौतमले लेख्नुभएको छ–‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रिय स।कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननिय पुर्व प्रधानमन्त्री क।माधव नेपाल र हाम्रो पार्टीप्रति हार्दिक आभारी छु । ’

तत्कालिन समयमा उनी नेकपा एमाले निकट थिए। कानून व्यवसायी समेत रहिसक्नुभएका गौतम प्रखर राजनीतिक विश्लेषकका रुपमा चिनिन्छन्।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive