शनिबार, अशोज १९, २०८१
Saturday, October 5, 2024

पोखरामा वडाध्यक्षकप बुद्धिचाल हुने

संजय रेग्मी
कात्तिक ११, २०७८
पर्वत : पोखरामा पहिलो पटक रेपिड रेटिङको आधारमा बुद्धिचाल प्रतियोगिता गरिने भएको छ।
माइन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा यही कात्तिक १२, १३ र १४ गते तीन दिनका लागि अन्तर वडा स्तरीय प्रतियोगिताको आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष तथा हास्य कलाकार युवराज भण्डारीले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजन पोखरा महानगरपालिका–१७ छोरेपाटनले गरेकाले ‘वडाध्यक्ष कप’ भनी नाम दिइएको प्रतियोगितामा झन्डै सय जना प्रतियोगीहरुबीच प्रतिस्पर्धा हुने भएको छ।
रेपिड रेटिङको आधारमा बुद्धिचाल खेल्ने प्रतिस्पर्धा पोखरामा यस अगाडि नभएको बताउँदै भण्डारीले प्रतियोगितामा इन्टरनेशनल आर्केटर (रेफ्री) तथा नेपालकै विभिन्न प्रतियोगितामा च्याम्पियन बनिसकेका खेलाडीहरूको पनि सहभागिता रहने छ। ‘यस्तो खालको प्रतियोगिता पोखरामा यस अगाडि भएका छैनन्। हाम्रो क्लबबाट यस अगाडि विभिन्न कार्यक्रमहरू भएका छन् तर यस्तो खालको कार्यक्रम यस पटकको सातौँ पटकमा हुन लागेको छ,’ कार्यक्रमको संयोजक समेत रहेका भण्डारी भन्छन्, ‘फिडेले मान्यता प्रदान गरेका इन्टरनेशनल आर्केटरहरु तथा नेपालकै च्याम्पियनहरू पनि सहभागी हुनुले यो कार्यक्रमलाई निकै रोचक बनाउने अपेक्षा गरेका छौँ।’
प्रतियोगितामा सहभागी हुन चाहने स्थानीयलाई पाँच सय रुपैयाँ र बाहिरबाट जानेहरूलाई एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। बाहिरको मान्छेलाई आयोजक आफैले होटेल व्यवस्थापन गरेर खान र बस्नको व्यवस्था मिलाउने भएका कारण बाहिरबाट जानेहरूलाई शुल्क बढी राखिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिता छोरेटापनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा गर्न लागिएको छ।
प्रतियोगितामा विजेता बन्नेलाई नगद १५ हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्रको साथमा करिब आठ हजार रुपैयाँ लाग्ने प्लाराग्लाईडिङ र करिब तीन हजार रुपैयाँ लाग्ने बोटिङ फेवातालमा गराउने आयोजकले निर्णय गरेको छ। यस्तै द्धितिय पुरस्कारका रूपमा १० हजार रुपैयाँ सिल्ड, मेडल र प्रमाणपत्रको साथमा बोटिङ, तृतीय पुरस्कार पाँच हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्रको साथमा बोटिङ, चौथो पुरस्कार तीन हजार रुपैयाँ, मेडल र प्रमाणपत्रको साथमा बोटिङ तथा पाँचौँ पुरस्कार दुई हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा बोटिङ गर्ने अवसर रहेको छ। छैटौँ देखि दशौं स्थानसम्मको लागि नगद एक÷एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्रको साथमा बोटिङ गर्ने अवसर प्रदान गरिने पनि संयोजक भण्डारीले जानकारी दिए।
यसका साथै उत्कृष्ट महिला, उत्कृष्ट अनरेटेड, उत्कृष्ट भेट्रान्सलाई जनही दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा बुद्धिचाल सङ्घ कास्की सहयोगी भूमिका निर्वाह गरेको छ। प्रतियोगितामा तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाल, एसियन च्याम्पियन कृष्ण थापा, अहिलेका नेपाल च्याम्पियन मनिष हमाल, सि.एम. रुपेश जैसवाल, चिफ आर्वेटर ज्ञानेन्द्र खैँजु, लगायतका व्यक्तिहरू सहभागी हुने निधो भइसकेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive