कात्तिक ११, २०७८
पर्वत : दुई वर्ष अगाडि कर्णप्रिय गीत ‘भिर्नी झोलामा’ तयार पारेको समूहले निर्माण गरेको अर्को गीत ‘ढाँचा पार्यो नभने’ सामाजिक सञ्जालदेखि दर्शक र श्रोताको मनमा बस्न सफल भएको छ ।
‘भिर्नी झोलामा’ गीतले ब्राण्ड नै तयार पारेको बेलामा सोही समूहले निर्माण गरेको गीत टिकटकमा निकै धेरैले रुचाएका छन् । टिकटकमा अभिनय गर्नेहरुको भीड बढीरहेको बेलामा ‘ढाँचा पार्यो नभने’ गीतका कर्णप्रिय शब्द र संगीतमा अभिनय गर्नेहरुको भीड टिकटकमा देखिएको छ ।
‘सिक्स–एट बीट’ शैलीमा लोकप्रिय गीतको निर्माण गरेको सोही टीमले अर्को ‘ढाँचा पा¥यो नभने’ बजारमा ल्याएपछि गीतले धेरै माया पाएको छ । गायक कृष्ण अखेली र सरस्वती लामिछानेको स्वरमा सजिएको उक्त गीत यही कात्तिक पाँच गते बजारमा आएको थियो ।
लोकप्रिय रचनाकार शिव अखेलीको लय र शब्द रहेको गीतमा पछिल्लो समय यूवाको रोजाईमा परेका मोडल तथा निर्देशक सुनिल क्षेत्री र भद्रगोलकी कलाकार प्रियना आचार्य (मुन्नि) को अभिनय रहेको छ । सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको गीतको छायांकन दुर्गा पौडेलले गरेका छन् ।
पोखराका फेवाताल, फनपार्क, पर्वतको बन्जीजम्प लगायतका ठाउँमा हेलीकप्टर मार्फत नै गीतको म्युजिक भिडियो तयार पारिएको छ । पछिल्लो समयमा नेपाली लोकगीतमा ठूलो लगानी गर्ने क्रम बढेको छ । लोकगीतका म्यूजिक भिडियोमा पनि चलचित्रकै उपकरण र शैली प्रयोग हुन क्रम बढेको बेलामा यो गीतमा पनि त्यस्तै खालका उपकरणहरु दृश्यहरु कैद गरिएको कलाकार अखेलीले बताए । गीतको म्यूजिक भिडियोको छायांकनमा मात्र करिब छ लाख रुपैयाँ खर्च भएको उनको भनाई छ ।
हेर्नुहोस गित :
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024