बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

एमालेको पोखरा महानगर अध्यक्षमा न्यौपाने सर्वसम्मत

कात्तिक १२, २०७८
पर्वत : नेकपा एमालेको पोखरा महानगरपालिकाको अध्यक्षमा युवा नेता दिलीप न्यौपाने सर्वसम्मत चुनिएका छन्।
अध्यक्षको आकाङ्क्षीका रूपमा रहेका अन्य चार जना नेताहरूलाई न्यौपानेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मतबाटै अध्यक्ष बनेका हुन्। अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएका थिए।
युवा पुस्तालाई राजनीतिक नेतृत्वमा लैजान सकेमा मात्र दलको राजनीति राम्रो हुने भन्दै एमालेका नेताहरूले आकाङ्क्षीहरुको माझमा कुरा मिलाउँदा न्यौपानेको पक्षमा नतिजा पुगेको हो। त्यसबाहेक उम्मेदवारी फिर्ता लिएका चार जनालाई कुनै न कुनै उचित स्थानमा व्यवस्थापन गर्ने भनी आपसी र आन्तरिक सहमति भएपछि अध्यक्ष चयनमा समस्या नभएको नेताहरू बताउँछन्।
न्यौपानेलाई नै अध्यक्ष बनाउन नेता पृथ्वी सुब्बा गुरुङको हात महत्त्वपूर्ण रह्यो। किनकि केन्द्रीय सदस्य खगराज अधिकारीको नजिकको व्यक्तिको रूपमा चिनिने न्यौपानेलाई गुरुङ पक्षले समेत साथ दिएपछि सर्वसम्मत निर्णय हुन सकेको हो।
लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहँदै राजनीतिमा आएका उनी महानगर कमिटीको पूर्व सचिव समेत हुन्।
कास्कीका अन्य तीन स्थानीय तहमा पनि एमालेको सर्वसम्मत नेतृत्व चयन भइसकेको छ। मादी गाउँपालिकामा बालकृष्ण गुरुङ, अन्नपूर्ण गाउँपालिकामा विवेक देवकोटा र रुपा गाउँपालिकामा सवाबक्स मियाँको अध्यक्षतामा निर्विरोध रूपमा नै कमिटी बनेको एमाले कास्कीले बताएको छ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive