मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

भारतको दोस्रो लज्जास्पद हार, कठिन बन्यो सेमिफाइनल यात्रा

कार्तिक १५, २०७८

डडेल्धुरा: आईसीसी टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत न्यूजिल्याण्डविरुद्ध भारत ८ विकेटले पराजित भएको छ। आइतबार राति दुबईमा भारतले दिएको १ सय ११ रनको लक्ष्य न्यूजिल्याण्डले १४.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

उसका लागि डेरिल मिचेलले उत्कृष्ट बलिङ गरे। उनले ३५ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४९ रन बनाए। उनी १ रनले अर्धशतक बनाउन चुके।

यस्तै, कप्तान केन केन विलियम्सनले अविजित ३३, मार्टिन गुप्टिलले २० र डेभन कोनवेले नटआउट २ रनको योगदान दिए।

बलिङमा जसप्रीत बुमराहले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो।

उसका लागि रवीन्द्र जडेजाले अविजित २६, हार्दिक पाण्ड्याले २३, केएल राहुलले १८, रोहित शर्माले १४, ऋषभ पन्तले १२, कप्तान विराट कोहलीले ९ र इशान किशनले ४ रन बनाए।

न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा मात्र २० रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले इशान, हार्दिक र शार्दुल ठाकुर (०) को विकेट लिएका हुन्।

यस्तै, ईश सोधीले २ तथा एडम मिल्ने र टिम साउथीले १–१ विकेट हात पारे। सुपर–१२ मा समूह २ मा रहेको भारतको यो दोस्रो लज्जास्पद हार हो। यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।

हारसँग अब भारतको सेमिफाइनल यात्रा पनि कठिन बनेको छ। यो समूहमा पाकिस्तान लगातार तीन खेलमा जित निकाल्दै ६ अंकका साथमा शीर्ष स्थानमा छ। पाकिस्तान सेमिफाइनल नजिक पुगिसेको छ।

अफगानिस्तानले तीन खेलमा २ मा जित र १ खेलमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। आजको जितपछि न्यूजिल्याण्ड तेस्रो स्थानमा उक्लिएको छ। न्यूजिल्याण्डले २ खेलमा १ जित र १ हार भोगेको छ।

आजको खेलमा जित निकालेको न्यूजिल्याण्डले अब अफगानिस्तान, नामिबिया र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छन्। यी तीनै खेलमा जित निकाले न्यूजिल्याण्डको ८ अंक हुनेछ। भारतले अब तीन खेल खेल्न बाँकी छ।

उसले पनि अफगानिस्तान, नामिबिया र स्कटल्याण्डसँग खेल्नेछ।

तीनै म्याच जिते पनि भारतको ६ अंक मात्र हुनेछ। त्यसैले भारतको विश्वकप यात्रा लगभग सकिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive