नेपाल प्रोगेसिभ इन्जिनियर एसोसिएन(पिन) गण्डकीको निर्वाचन प्रचार अभियान बुधबार पर्वतमा सम्पन्न भएको छ ।
नेपाल इन्जिनियरीङ्ग एसोसिएनको मंसिर २४ गते हुने प्रदेशस्तरीय निर्वाचनका लागि उमेदवार बनेको पिनका उमेदवार संग पर्वत पिनले अन्तरकृया आयोजना गरेको हो ।
अन्तरकृया कार्यक्रममा बोल्दै नेकपा(एमाले)का गण्डकी प्रदेश सचिबालय सदस्य तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले प्रगतिशिल उमेदवारहरुको समुहलाई बिजय बनाउन सबै इन्जिनियरहरुलाई आग्रह गर्नुभयो । उहाँले जवाफदेहिता, पारदर्शीता सहित देश निर्माण गर्ने अभियानमा इन्जिनियरहरुको ठुलो भूमिका हुने बताउँदै त्यसका लागि पनि प्रगतिशिल उमेदवारहरु बिजय हुन आवश्यक छ भन्नुभयो ।
नेकपा(एमाले) पर्वतका उपसचिब गोबिन्द पहाडीले प्रगशिल बिचार बोक्नेहरुले मात्रै समाजलाई अग्रगामी रुपमा परिर्वतनको अनुभूति दिलाउन सक्छन भन्दै इन्जिनियर एसोसिएसनमा पनि प्रगतिशिलले नै बिजय हासिल गर्नुपर्ने बताउनु्भयो ।
पिन पर्वतका सचिब दिपा सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा पिनका केन्द्रिय सदस्य तथा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायण भण्डारीले इन्जिनियरहरु प्रति हेर्ने दृष्टिकोण परिर्वतन गराउन उत्कृष्ट कार्यसम्पादन गर्न आवश्यक छ भन्नुभयो । पिनका तर्फबाट गण्डकी प्रदेश अध्यक्ष पदका उमेदवार ध्रुबकुमार भट्टराईले पिनको नेतृत्वमा इन्जिनियरिङ्ग एसोसिएसनमा उपलब्धीपुर्ण काम भएको बताउँदै त्यसलाई निरन्तरता दिनका लागि पनि पिनले नै नेतृत्व गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा सचिब पदका उमेदवार सुरज तिमिल्सिना, पिन बागलुङ्गका अध्यक्ष बिमल आचार्य, पर्वत जिल्ला सदस्य प्रकाश काफले लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024