मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026

पर्वतका दुवै प्रदेश निर्वाचन क्षेत्रमा आज काँग्रेसको अधिवेशन हुँदै

मंसिर ३, २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत आज पर्वतमा दुबै निर्वाचन क्षेत्रमा प्रदेश अधिबेशन उद्घाटन गरिने भएको छ । प्रदेश ‘क’ को कुश्मामा र प्रदेश ‘ख’ को हुवासमा क्षेत्रीय अधिबेशन हुने भएको छ ।
दुबै निर्वाचन क्षेत्रमा मतदान अधिकृत सहित सहयोगी कर्मचारी खटिईसकेका छन् । अधिबेशन लाई छिटो छरितो बनाउने जिल्ला तथा क्षेत्रीय कार्यसमितिको तयारी रहेको छ । प्रदेश ‘क’ को ९ बजे आजै मनोनयन गर्ने र निर्वाचन समेत आजै शुरु गर्ने तयारीमा रहेको क्षेत्रीय सभापति गंगाधर पौडेलले जानकारी दिनुभयो ।
सभापति पौडेलले अतिथीलाई मन्चमा आसनग्रहण गराउने र स्वागत पछि केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले व्यानर पढेर अधिबेशन उद्घाटन गरेपछि मनोनयन दर्ता शुरु गरिहाल्ने तयारीमा रहेको जानकारी दिनुभयो । क्षेत्रीय समितिले कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको छ । बिहान ९ बजे नै कार्यक्रम शुरु हुने भएकाले सबै प्रतिनिधीलाई विहान ८ बजेभित्रै आईपुग्न निर्देशन दिईएको छ । उता प्रदेश ‘ख’ को पनि आज नै अधिबेशन उद्घाटन गरेपनि निर्वाचन भने भोली बिहान बाट शुरु गर्ने तयारीमा रहेको क्षेत्रीय सभापति धनवहादुर थापाले जानकारी दिनुभयो ।
आज १२ बजे उद्घाटन गर्ने र निर्वाचन भोली गर्ने भन्ने सल्लाह रहेको थापाले बताउनुभयो । निर्वाचनका लागि निर्वाचन अधिकृत, आवश्यक कागजात सहित कर्मचारी खटीसकेका छन् । प्रदेश ‘क’ मा कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका रहेका छन् भने प्रदेश ‘ख’ मा फलेवास नगरपालिका, महाशिला, विहादी, महाशिला र पैयुँ गाउँपालिका रहेका छन् ।
प्रदेश ‘क’ को सभापतिमा राजकुमार क्षेत्री, कृष्ण केसी र भिष्म मल्ल सभापतिको चर्चामा छन् । प्रदेश ख मा हरि न्यौपाने र परविन गुरुङ सभापतिका आकांक्षी रहेका छन् । सहमतीका लागि निरन्तर रुपमा छलफल भैरहेका नेपाली काँग्रेस पर्वतले जनाएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive