बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

अमेरिकामा जथाभाबी औषधि खाएका कारण एकै वर्षमा एक लाखभन्दा धेरैको ज्यान गयो

मंसिर ३, २०७८

काठमाण्डाै – अमेरिकामा जथाभाबी औषधि खाएका कारण एक वर्षमा एक लाखभन्दा धेरैको ज्यान गएको पाइएको छ ।

अमेरिकामा प्रतिबन्धित औषधि फेन्टानाइल र नक्कली चक्की खाएकै कारण उनीहरुको ज्यान गएको स्वास्थ्य अधिकारीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानव स्वास्थलाई जोखिममा पारिरहेको स्वास्थ्यका विज्ञको भनाइ छ ।

अमेरिकामा सन् २०२० अप्रिलदेखि सन् २०२१ अप्रिलसम्मको एक वर्षको अवधिमा एक लाख तीन सय ६ जनाको औषधिको बढी प्रयोग अर्थात ओभर डोजका कारण ज्यान गएको छ ।

त्यहाँ हरेक पाँच मिनेटमा एक व्यक्तिको ओभर डोजका कारण ज्यान जाने गरेको तथ्याङ्क छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग जुध्दै गर्दा औषधिको ओभर डोज विरुद्धका कदम चाल्न पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताउनुभएको छ । त्यस्तै अमेरिकी स्वास्थ्य मन्त्री जाभियर बेसिराले यो सङ्कट निकै संवेदनशील क्षणमा पुगिसकेको र सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अमेरिकी औषधि नियामक निकायले लागूपदार्थ मिसाइएका औषधि अनलाइनबाट बिक्री भइरहेको भन्दै सचेत रहन नागरिकलाई आग्रह गरेको छ।

चीनबाट आपूर्ति गरिएका रसायनको मद्दतबाट यस्ता औषधि मेक्सिकोमा उत्पादन हुँदै आएको अमेरिकी स्वास्थ्य अधिकारीको भनाइ छ। यी नक्कली औषधिका चक्कीहरु ई–कमर्स साइटमा छ्यापछ्याप्ती उपलब्ध छन् ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive