शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

काँग्रेस पर्वतको सभापतिमा जोशी, मल्ल र सुवेदी भिड्दै

मङ्सिर ७, २०७८
पर्वत : नेपाली काँग्रेस पर्वतको सभापति पदका लागि तीन जना बिच प्रतिस्पर्धा हुने भएको छ ।
मङ्गलवार हुन लागेको निर्वाचन अघि सोमबार भएको मनोनयनमा सभापतिका लागि महाधिवेशन प्रतिनिधि युवराज जोशी, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष र नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष मिलन सुवेदीको उम्मेदवारी दर्ता भएको छ ।
सर्वसम्मतिको आधारमा नेतृत्व सहित पदाधिकारी चयनको प्रयास भएको भए पनि सभापति सहितका सबै पदमा धेरै आकाङ्क्षी रहेका कारण निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने बाध्यता भएको हो । निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरूको नामावली अनुसार उपसभापतिमा डा. चूडामणि शर्मा, शिवप्रसाद सुबेदी, कमलराज पौडेल र गोविन्दप्रसाद पाध्याको उम्मेदवारी परेको छ । सचिवमा ओमप्रसाद शर्मा घायल, मोहन आचार्य, कमलबहादुर अधिकारी, अशोक उचै ठकुरी, पानबहादुर मल्ल सन्तोष, गुप्तनिधी शर्माको उम्मेदवारी दर्ता भएको छ । यस्तै सहसचिवमा परशुराम पुरी, अच्युत तिवारी, पङ्कजकुमार क्षेत्री सुबेदी, तिलकप्रसाद भुसाल उम्मेदवार रहेका छन् ।
एक जना महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमिति केही सदस्यहरू भने निर्विरोध भएका छन् । मुस्लिम तथा अल्पसङ्ख्यक बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सनम बेगम विजयी भएकी छिन् । पैयुँ गाउँपालिकाबाट गुप्तप्रताप सेन र तुलसीदेवी तिवारी, विहादी गाउँपालिकाबाट लक्ष्मी आचार्य र टिकाराम भुसाल, महाशिला गाउँपालिकाबाट कला भट्टराई, मोदी गाउँपालिकाबाट भुलबहादुर पौडेल र लक्ष्मी मेधासी, जलजलाबाट लक्ष्मीकुमारी हमाल, खस÷ आर्यतर्फ महिला सदस्यमा लक्ष्मीकुमारी खत्री क्षेत्री र कमला शर्मा विजयी भएका छन् ।
कुश्मा र फलेवास नगरपालिकाबाट निर्वाचित हुने जिल्ला सदस्यमा भने धेरै जनाको उम्मेदवारी परेकाले निर्वाचन नै हुने भएको छ । जिल्ला सदस्यतर्फ कुश्मा नगरपालिकाका नौ जना, फलेवास नगरपालिकाका सात जनाका बिचमा प्रतिस्पर्धा हुने भएको छ । आदिवासी जनजातितर्फ दुई जनाको उम्मेदवारी रहेको छ । दलित महिला तथा पुरुष गरेर जना, अपाङ्गता भएका तथा अल्पसङ्ख्यकतर्फ दुई जना र प्रदेश प्रतिनिधि अपाङ्गता भएकातर्फ दुई जना उम्मेदवार रहेका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष तर्फ २१ जना, प्रत्यक्ष महिला तर्फ सात जनाको उम्मेदवारी परेको छ । महाधिवेशन खस÷आर्यतर्फ १३ जना, आदिवासी जनजाति तर्फ चार जना, दलित तर्फ चार र अपाङ्गता भएकातर्फ दुई जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
मतदान मङ्गलवार बिहान ११ बजेदेखि साँझ सात बजेसम्म हुने नेपाली काँग्रेसले जनाएको छ । काँग्रेसको पार्टी कार्यालयमा निर्वाचन हुने छ भने मतदान सकिए लगत्तै मतगणनाको तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive