मङ्ल, असार ३, २०८२
Tue, June 17, 2025

यसरी छानिँदैछन एमालेका नेता : ओलीले नाम पढ्ने, हलले ताली पिट्ने

मंसिर १२, २०७८

काठमाडौं : नेकपा (एमाले)को जारी दशौँ राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ। सर्वसम्मतिबाट नेतृत्व चयनको तयारी गरेको एमालेले देशभरका खसई हजारभन्दा बढी प्रतिनिधिको उपस्थितिमा केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ।

१९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्युरोसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने सर्वाधिकार शनिबारको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीले पदीय भागबण्डा गरेको केन्द्रीय सदस्यहरूको तालिका दिउँसो १२ बजे बस्ने प्रतिनिधिसहितको बैठकमा सुनाएपछि हलले ताली बजाएर अनुमोदन गर्ने भएको छ।

अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले उम्मेदवारी फिर्ता नलिए उनको उम्मेदवारी हलमै पेस गर्ने र पक्षमा रहेकालाई हात उठाउन लगाएर गणना गर्ने तयारी गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बाँकी आकांक्षीहरूले उम्मेदवारी दिने र चुनाव लड्ने घोषणा गरेका छैनन्।

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुवास नेम्बाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझी, सचिवमा पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, पद्‌मा अर्याल, विष्णु रिमाल, भानुभक्त ढकालमध्येबाट सहमति जुटाउने कोसिस गरेको बताइएको छ।

एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएपछि शुक्रबार मध्यरातमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या १९ र केन्द्रीय सदस्यको संख्या ३०१ पुर्‍याउने निर्णय गरेको थियो। शुक्रबार सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न गर्ने तयारी छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive