बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते

काठमाडौं : जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन्।

नेपालगन्जदेखि राडिबजार जाँदै गरेको रात्रि बस दुर्घटना भएको हो।  को ना ७ ख २७५७ नम्वरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो।

मृतकहरुको अहिलेसम्म सनाखत नभएको र घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ।

बस दुर्घटना कसरी भएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive