मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

ओमिक्रोन भेरियन्टका जोखिम : नेपाललाई पूर्वतयारी गर्न विश्व स्वास्थ्य संगठन आग्रह

मंसिर १२, २०७८

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९)  नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

डब्यूचओले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन् ।

यस्तै डब्ल्यूएचओले सर्भेलेन्स  र सिक्वेन्सिङलाई प्राथमिकता दिन समेत आग्रह गरेको छ । नेपालमा हाल सङ्क्रमण दर कम भए पनि नयाँ भेरियन्टले ठूलो असर पार्न सक्ने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ । अहिलेसम्म दक्षिण पूर्वी एसियामा ३१ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने  २१ प्रतिशतले कम्तीमा पहिलो मात्रा  खोप लगाएका छन् ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive