बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

कुश्मा नगरपालिकाका विद्यालयलाई IEMIS अभिमुखीकरण कार्यशाला सुरु

मङ्सिर २१, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा विद्यालहरुको लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यशाला सुरु भएको छ ।
नगरपालिकाको शिक्षा शाखाको आयोजनामा भएको अभिमुखीकरण कार्यशालामा नगरपालिकाभित्र रहेका माध्यामिक तथा नीजि विद्यालयमा कार्यरत लेखाका कर्मचारी, कम्प्युटर शिक्षक तथा प्रधानाध्यापकहरु गरी करिब ४० जनाको सहभागिता रहेको छ ।
अभिमुखीकरण कार्यक्रममा शिक्षा विभागले तयार पारेको सप्mटवेयरमाशिक्षक तथा विद्यार्थीहरुको व्यक्तिगत विवरणहरु, विद्यालयका भौतिक विवरणहरु, आर्थिक कारोबार लगायतका तथ्याङ्कहरु भर्ने तरीका, सूचना व्यवस्थापनका पक्ष तथा सूचना अपलोड नगर्दा विद्यालयलाई पर्न सक्ने असर लगायतको बारेमा छलफल गर्ने तथा तथ्याङ्कलाई एकीकृत रुपमा व्यवस्थापन गर्ने तरीकाको बारेमा जानकारी दिईने नगर शिक्षा शाखाले जानकारी दिएको छ ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले अहिलेको समयले डिजिटल प्रबिधिको माग गरिरहेको बताउँदै कोरोना महामारी लगायतको संकटको बेलामा प्रबिधिको प्रयोगले शैक्षिक क्षति कम गर्न सहज हुने बताए । समस्यामा परेको बेलामा स्रोत र साधनको अभाव भएको कारण देखाउँदै जिम्मेवारीबाट पन्छिन नहुने बताउँदै उनले बलियो स्रोत भनेकै मानव स्रोत भएकाले हामील आफैले सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।


‘अब पनि रिसर्स भएन भन्दै हिँड्ने कुरा हुँदैन् । पहिलो र ठूलो रिसोर्स भनेकै ह्युमन रिसोर्स हो,’ उनले भने, ‘इमिश अपडेट गर्ने कुरा प्लानिङसँग जोडिएको हुन्छ। जसले सही तथ्याङ्क अपलोड गर्नुहुन्छ र त्यो पनि टाइममा गर्नुहुन्छ, हामीले यताबाट विद्यालयको लागि दिने सुबिधा पनि सोही अनुसारको हुन्छ ।’ प्रबिधिको प्रयोगबाट काम गर्दा समय, पैसा र शक्ति नाश गर्नबाट बच्न सकिने र अहिलेको आवश्यकता नै प्रबिधिको रहेकाले प्रबिधिको पहुँचमा सबै जना रहनुपर्ने प्रशासकीय अधिकृत गुरुङको भनाई छ ।
यस्तै कुश्मा नगरपालिका अन्तर्गत सामाजिक विकास शाखाका संयोजक शिव प्रसाद पौडेलले सिकाईका लागि जति प्रयास गरिन्छ उति नै प्रगति हुने भएकाले सिकाईलाई जीवनपर्यन्त कार्यका रुपमा लिनुपर्ने बताए । जनप्रतिनिधि र कार्यपालिकाको काम नीतिगत तहमा हुने भएकाले विद्यालयलाई कस्तो बनाउने भन्ने कुरा विद्यालयसँग सम्बन्धित सेवा क्षेत्रका व्यक्ति र सरोकारवालाहरुमा भर पर्ने उनको भनाई छ । आफूहरु जनप्रतिनिधिका रुपमा कुश्मा नगरपालिकामा रहँदा तयार पारेका सबै योजनाहरु पूर्ण रुपमा कार्यान्यन गर्न नसकिए पनि भौतिक पूर्वाधार निर्माण सहितका केही दीर्घकालिन योजनामा उल्लेख्य उपलब्धि हासिल भएको संयोजक पौडेलले बताए ।
आफ्नो भनाई राख्दै नगर शिक्षा शाखाका प्रमुख बिष्णु प्रसाद तिवारीले सूचना नै शक्ति भएका कारण हरेक विद्यालय आफ्ना सूचनालाई तयारी अवस्थामा राखेको अवस्थामा हुनुपर्ने बताए । अहिलेको समयले विद्यार्थीलाई पनि सूचना तथा प्रबिधिको आवश्यकतामा लगिदिएका कारण सोही अनुसारको शिक्षण गर्नका लागि शिक्षकहरु पनि सिकाईमा तत्पर हुनुपर्ने उनको भनाई छ । अर्को प्रसंगमा बोल्दै प्रमुख तिवारीले विकाशशिल देशले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउनुपर्ने आवश्यकता रहेको भए पनि नेपालमा १० प्रतिशतको हाराहारीमा मात्र बजेट विनियोजन हुनु दुःखद भएको बताए । संघीय सरकारबाट आउने बजेटको सिलिङका बाध्यताका कारण कुश्मा नगरपालिकाले पनि आवश्यकता अनुसार बजेट दिन नसकेको उनको भनाई छ ।


कार्यक्रमका प्रशिक्षक तथा नगर शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले हरेक क्षेत्रका तथ्याङ्कहरु डिजिटल रुपमा राख्न थालिएको अवस्थामा विद्यालयले प्रयोग गर्ने इमिस सप्mटवेयर पनि महत्वपूर्ण सामग्री भएको बताए । कागजी तरीकाले काम गर्दै धेरै त्रुटीहरु हुने गरेकोमा डिजिटल प्रणालीबाट काम गर्दा त्रुटीमा धेरै न्यनूीकरण भएको उनको भनाई छ । पछिल्ला दुई वर्षमा कोरोना प्रभावका कारण सोचेजति काम गर्न नसकेपनि प्रबिधिका माध्यमबाट गरिएका केही प्रयासहरु महत्वपूर्ण रहेको अधिकृत सुवेदीको भनाई छ ।


कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, शिवालय माध्यमिक विद्यालयका प्राधानाध्यापक भूपेन्द्र चापागाईँ, नुवार सुवेदीथर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक सुवेदी, काफलचौर माध्यमिक विद्यालयका प्राधानाध्यापक प्रकाश गौतम, शुभकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतम लगायतको पनि सहभागिता रहेको थियो ।
नगर शिक्षा प्रमुख बिष्णुप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर शिक्षा अधिकृत दीपक सुवेदीले गरेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक संजय रेग्मीले गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा नगर शिक्षा अधिकृत सुवेदी, शिक्षक रेग्मी लगायतले सहजीकरण गर्ने नगर शिक्षा शाखाले बताएको छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive