मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

डोजर पुरिँदा म्याग्दीमा एक जनाको मृत्यु

पुस ५, २०७८

पुस ५, २०७८
पर्वत : काम गरिरहेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिँदा म्याग्दीमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम राईका अनुसार रघुगंगा गाउँपालिका–४ दग्नाममा निर्माणाधीन अवस्थामा रहेको ४८.५ मेगावाट क्षमताको हाई हिमालयन टुडी माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम गर्दै गरेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिएको हो ।
डोजरका अपरेटर रघुगंगा गाउँपालिका–२ भगवतीका २७ वर्षिय भिमबहादुर खत्री रहेका थिए । मृतकको शव डोजरभित्रै रहेको र निकाल्नको स्थानीयवासी र घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको डिएसपी राईले बताउनुभयो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive