पुस ७, २०७८
पर्वत : बच्चाले ओछ्यानमा पिसाब फेरेको भन्दै बच्चाको लिङ्गमा रबरले बाँधेर सुताएको आरोप जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक के.सी का अनुसार पोखरा महानगरपालिका–१५ गलेश्वर चोकमा रहेको न्यु लाइफ स्कुलमा कार्यरत होस्टेल वार्डेन २७ वर्षिया जानुका नेपालीलाई नियन्त्रणमा लिइएको हो।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई पोखरा महानगरपालिका–१४ मा बस्दै आएकी नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर एक जना छ वर्षिय बालकको लिङ्गमा रबरले बाँधेर यातना दिएको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। ती होस्टेल वार्डेनको विरुद्धमा बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसुरमा जाहेरी दर्ता भएपछि मङ्गलवार पक्राउ गरिएको र जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
बच्चाले ओछ्यानमा पिसाब गरेको भनेर लिङ्ग नै रबरले बाँधेपछि …
पुस ७, २०७८




