प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधकाबीच ४ अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित गरेको जानकारी दिएका हुन्।
संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ।
बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो।
चालू अधिवेशनको दुईवटा बैठकमा जस्तै बुधबार बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी कायम राखेका छन्।




